पथरी । मोरङ सुन्दरहरैचा नगरपालिकाको विराट चोक पछि उत्तरपूर्वी क्षेत्रको सेवाग्राहीका लागि पथरीशनिश्चरे–१, स्थीत पथरी बजारमा आन्तरिक राजस्व सम्वन्धी करदाता सेवा कार्यालय स्थापना हुने भएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालयले फागुन महिना भित्रमा कार्यालयको व्यवस्थापन गरेर काम सुचारु गर्न निर्देशन गरे बमोजिम कार्यालयका लागि स्थान हेर्ने काम भईरहेको छ । घरभाडा सम्वन्धी बोलपत्र आव्हान गरी कार्यालय भवनको टुंगो लगाइने भएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटा सहितको टोलीले नगर प्रमुख दिलीपकुमार राईसँग भेटी कार्यालय खडा गर्ने बारे जानकारी गराएको थियो । नगरपालिका कार्यालय, पथरी उद्योग वाणिज्य संघको समेत पहलमा आएको कार्यालय पथरी बजारमा रहने छ ।
पथरीमा करको कार्यालय स्थापना भएपछि मोरङ पूर्वी ७ वटा पालिकाका जनताहरुले सेवा लिने छन् । अहिले विराटनगर र विराचोकबाट सेवा लिर्दै आएको छ ।