पथरी । मोरङको पथरीशनिश्चरे नगर भित्र हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियानको ४ दिनमा ३२ हजार बढीले औषधि सेवन गरेका छन् ।
मंगलबार चौथो दिन वडा नम्वर १, मा १ हजार ३ सय १७, वडा नं. २, मा १ हजार १ सय ८, वडा नं. ३, मा ५ सय ४७, वडा नं. ४, मा ६ सय १८, वडा नं. ५, मा ६ सय ३८, वडा नं. ६, मा १ हजार १ सय २५ जनाले औषधि सेवन गरेका छन् ।
त्यस्तै वडा नम्वर ७, मा ६ सय ३१, वडा नं. ८ मा १ हजार १५, वडा नं. ९, मा १ हजार ७६ र वडा नं. १० मा ६ सय ४७ जनाले औषधि सेवन गरेको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले बताए । चौथोदिन सम्ममा ३२ हजार २ सय ७० जनाले औषधि सेवन गरेको आर्चायले बताए ।
पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२ जनाले हात्ती पाइले विरुद्धको औषधि सेवन गरेका थिए । हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रमको प्रभावकारिताको अनुगमन्मा आएको संघीय सरकारको टोलीले अघिल्लो वर्षदेखि नै पथरीशनिश्चरे उत्कृष्ठ रहेको ठहर गरेको छ ।
सरुवा रोग नियन्त्रण महाशाखा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाह र भेक्टर कन्ट्रोल निरीक्षक उत्तराज प्याकुरेलले आज अनुममन्का क्रममा उल्लेख गरेका थिए । उनीहरुले जनप्रतिनिधिबाट कार्यक्रमको अपनत्व ग्रहण र कर्मचारीको उत्साहजनक लगाव रहेकाले अभियान प्रभावकारी वनेको वताए ।
औषधि खुवाउने अभियानमा नगरवासीहरुले समेत उत्साहजनक सहभागिता जनाइरहेका छन् । जसका कारण औषधि खान मिल्ने ५० हजार हाराहारीको लक्षित जनसंख्याको आधाभन्दा बढीले ४ दिनमा औषधि सेवन गरिसकेको पाइएको छ ।
चौथो दिन मंगलबार विहान वडा नम्वर १ मा रहेको पथरी बहुमुखी क्याम्पसमा नगर प्रमुख दिलीपकुमार राईको उपस्थितीमा औषधि खुवाउने कार्यक्रम भएको थियो ।