प्रधानमन्त्री ओलीको सपना पुरा हुर्दै, कानेपोखरीमा बायो ग्यास प्लाण्टको जडान सुरु

फागुन २३ गते, पथरी । बायोग्यास प्लाण्टबाट ग्यास सिलिण्डर विस्थापन गर्ने उदेश्यअनुरुप इजराइलबाट भित्रीएको होम बायो ग्यास प्लाण्ट कानेपोखरीमा पहिलो पटक जडान सुरु भएको छ ।

 

कानेपोखरी–६, स्थीत रमाइलोका तेजेन्द्र पराजुलीको घरमा जडान गरिएको होम बायो ग्यासको कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बटम अन गरी बालेर सुरु गरेको हो । होम बायो ग्यासको सुरु गर्दै अध्यक्ष काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना पुरा भएको बताए । उनले बायोग्यास प्लाण्टबाट ग्यास सिलिण्डर विस्थापन गर्ने उद्घोष एक बर्ष अघि गरे अनुसार कानेपोखरीमा पनि सुरु भएकोले सबैले प्रयोग गर्न आग्रह गरेका थिए ।


अहिले विश्वको ८ वटा देशमा सुरु भएको छ । ७ महिना अघि नेपालमा भित्रीएको हो । मोरङमा यो ग्यास जडान भने पहिलो पटक हो । सुनसरीको रामधुनि नगरपालिकामा २९ वटा र धनकुटामा ४५ वटा होम बायो ग्यास नगरपालिकाको सहकार्यमा विस्तार गरिसकेको संघले बताएका छन् । ग्यास सिलिण्डरको विष्पोटनको जोखिमबाट बच्न पनि होम बायो ग्यास राख्नु पर्ने बताए । अहिले रमाइलोमा यो ग्यास जडान भएपछि हेर्नेको भिड रहेको छ ।

इजरायल प्रविधिको ग्रिन ऊर्जा मल्टी कम्पनीबाट इजरायलको सहयोगमा होम वायो ग्यास नेपालमा भित्रीएको छ । कानेपोखरीमा ७ घनमिटरको वायो ग्यास सुरु गरेको हो । ५ बर्षे ग्यारेन्टी भएको होम बायो ग्यास अहिले यसको बजारीक मूल्र्य ६५ हजार रहेको छ । घामपानीले केही नहुने ५ बर्ष भित्र होम वायो ग्यासको बाकस च्यातेमा कम्पनीले फेरीदिने होम वायो ग्यास १ नम्बर प्रदेशको प्रमुख श्रीमन्त भटट्राईले बताए ।

बायो ग्यासको आयु १५ बर्षे भएको कम्पनीले ग्यारेन्टी दिएको छ । यो ग्यासको चुल्हो पनि इजराईलबाटै आउँने भएकोले अरु ग्यासको चुल्होले काम नगर्ने बताएका छन् । यो ग्यास बाल्न खाल्डो खन्न नपर्ने, घरको छत र कोठमा पनि राख्न सहिने कुहिने जुनसुकै फोहोरबाट ग्यास उत्पादन हुने गरेको छ ।

यो होम बायो ग्यास ३ प्रकारको रहेको छ । ७ घनमिटर, ४ घनमिटर र २ घन मिटर गरी तीन ब्राण्डको रहेको छ । ४ घन मिटर लाई ५५ हजार र २ घन मिटरलाई ४५ हजार पर्ने कम्पनीले बताएका छन् । दैनिक गोवर वा फोहोर लगाउनु पर्ने बताएका छन् ।


सहरी क्षेत्रमा फोहोर व्यावस्थापन समस्या हुने भएकोले घरको छटमा २ घनमिटरको राखेर ग्यास बाल्न सकिने छ । यो गोवरमात्र नभएर भान्साबाट निस्किएको फोहोर र तरल प्रकारको फोहोर यो होम वायो ग्यासमा गाईको गोवरको रुपमा प्रयोग गर्न सकिने प्रदेशको प्रमुख भटट्राईले बताए । होम वायो ग्यास संघको कार्यालय काठमाडौंको सातदोवाटोमा रहेको छ । अव १ नम्बर प्रदेश अन्तरगत विर्तामोडमा कार्यालय राखिने बताए ।

बायो ग्यास संघ केन्द्रिय सदस्य तथा मुनाल वायो ग्यासका संचालक कमल बहादुर खड्काले सपसिटिको समस्या रहेको बताए । ९९ प्रतिशत काम भैरहेको बताउँर्दै काम भएमा क्रेताले धेरै राहत पाउँने बताए । उनले बधशालामा पनि माग रहेको छ । यो ग्यास जेमा पनि प्रयोग गर्न सकिने छ । सपसिटि तथा अहिले कम्पनी अनुदानको प्रक्रियामा रहेकोले नेपाल सरकारले अनुदान दियो र स्थानीय सरकारले अनुदान दियो भने ७ घनमिटरको होम वायो ग्यासलाई उपभोक्ताले खरिदगर्दा २५ हजारमा आउने बताए ।

यसमार्फत खाना पकाउन सजिलो हुने र सजिलै बोकेर सबैतिर लैजान समेत सकिन्छ । यो ग्यास राख्दा ट्याक्स तिर्नु नपर्ने र बिना रोकावट ८ घण्टा चल्नेछ । गोवर वा लेदो फोहोर लगाउँने ठाउँ रहेको र अर्को तीर लेदो फ्याक्ने ठाउँ छ । यो नाउँ आकारको रहेको वायो ग्यासको लल्लो भागमा तरल पर्दाथ वा लगाईएको फोहार रहने गरेको छ । र त्यस भन्दा माथील्लो भागमा ग्यास हुने गरेको छ ।

होम बायो ग्यास उद्घाटनमा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, विभिन्न वडाकावडाध्यक्ष, स्थानीय युवा नेता भोला अधिकारी, नविन पौडेल, बेलबारीबाट कृष्ण गुरुङ लगाएत बायो ग्यास प्लाण्ट संघका केन्द्र देखि १ नम्बर प्रदेशका मुख्य व्यत्तित्व उपस्थीत रहका थिए ।

सम्बन्धित खवर