बैशाख १ गते, बेलबारी । मोरङको बेलबारी नगरपालिकाले कोराना भाइरस टेष्ट गर्ने स्याम्पल कलेक्सन बुथ पाएका छन् ।
सोमबार नगरप्रमुख ज्ञानेन्द्र सुुवेदीलाई राष्ट्रिय युवा संघ नेपाल मोरङले कोरोना भाइरस टेष्ट गर्ने स्याम्पल कलेक्सन बुथ हस्तान्तरण गरेको हो । संघले भाइरस जोखिम न्युनिकरण गर्न र चिकित्सकहरुको जीवन सुरक्षामा समेत सहयोग पुर्याउन सो सामाग्री नगरलाई हस्तान्तरण गरेको संघका मोरङ अध्यक्ष नविन पौडेलले बताए ।
नेपाल इन्जिनियरिङ एसोसिएसन ईटहरी च्याप्टरको वौद्धिक सहयोग र प्रगतिशिल इन्जिनियरिङ एसोसिएसनका इन्जिनियर अर्पण थापा लगायतको टिमले प्राविधिक सहयोग रहेको छ । हस्तान्तरण कार्यक्रममा युवा नेता कृष्ण गुरुङ, मनोज राई, प्रविन घिमिरे, हेमसागर ढकाल, गणेश सुवेदी र नवराज राई लगाएत उपस्थित रहेको थियो ।
कोरोना भाइरसको जोखिम बढेसँगै राष्ट्रिय युवा संघ नेपाल मोरङले कोरोना भाइरस विरुद्ध लागि रहेको छ । खाद्यान्न राहत हस्तान्तरण, मास्क, सेनिटाइजर लगायतका सामाग्री वितरण गर्दै आइरहेको छ ।