राहतमा कांग्रेसको राजनीति जारी

बैशाख ६ गते, पथरी । कोरोना भाइरस नियन्त्रणको लागि भएको लकडाउनबाट प्रभावित बिपन्न मजदुरलाई दिइने राहतमा नेपाली कांग्रेसका सुनिल शर्माले मोरङ(३, नम्बर क्षेत्रमा राजनीति जारी राखेको छ ।

स्वास्थ्य व्यबसायी सुनिल शर्मा गत निर्वाचनमा मोरङ–३ नम्बर क्षेत्रबाट जनसंख्या तथा स्वास्थ मन्त्री भानुभक्त ढकालसँग हारेका उमेदद्वार हुन । काग्रेसले यो क्षेत्रबाट टिकट दिनु अघि शर्माको राजनीति लाइन क्लियर थिएन ।

नोबेल अस्पताल विराटनगरबाट कमाएको पैसाको भरमा इतिहास बोकेका केही काग्रेस नेता कार्यकर्ताहरुलाई प्रभावमा पार्न सफल शर्माले कोरोनाको माहामरीमा पनि राजनीति जारी राखेका हुन ।

यहि क्रममा सरकारले लागु गरेको एकद्घार प्रणाली तोड्दै हिजो बैशाख ५ मोरङको कानेपोखरी गाउँपालिका –७ मा शर्मा आफै सहभागी भएर राहत वितरण गरेका थिए ।

सम्बन्धित खवर