जेठ ७ गते, विराटनगर । १ नम्बर प्रदेशमा ६६ जनालाई कोभिड—१९ संक्रमणको पुष्टि भएको छ । आज बुधबार थप ७ जनामा कोभिड—१९ संक्रमणको पुष्टि भएको हो ।
प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भएको हो । २६ जना कोभिड—१९ पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्कि सकेका छन् ।
प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार बुधबार सम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।