बिजय धिमालसाउन ३१ गते, पथरी । कोरोना भाइरस फैलन नदिन सबै पक्ष संवेदनशील भएर लाग्नु पर्ने हुन्छ । स्थानीय सरकार र स्वास्थ क्षेत्रमा काम गर्ने ब्यक्तिहरु झनै संवेदनशील बन्नै पर्छ ।
कोरोना भाइरसले सताइरहेको बेला मोरङको पथरीशनिश्चरेकामा भने खास वास्था नभएको स्वाब दिनेहरुले अनुभव गरेका छन ।
कोरोना भाइरस लागेको १४ दिन भित्र लक्षण देखिसक्ने विश्व स्वास्थ संगठनको मान्यता छ । सोही अनुसार नगर, प्रदेश वा देश बाहिरबाट आएका ब्यक्तिहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिन्दै आएको छ ।
पथरीमा एउटा कार्यक्रममा आएका ब्यक्ती संक्रमित भएको केहिदिन पछि मात्र खुल्यो । संक्रमित व्यक्ति कार्यक्रममा सहभागी भएको थाहा भएपछि एक पथरी त्रास फैलिनु स्वभाबिक हो ।
साउन १७ गते भएको कार्यक्रममा संक्रमित ब्यक्ती भएको खुलेपछि पथरीशनिश्चरे नगरपालिकाको पहलमा ९५ जनाको २५ गते स्वाब संकलन भएको थियो ।
स्वाब संकलन भएको ६ र संक्रमित ब्यक्तिसँग कन्ट्र्यक भएको १५ दिनमा सुक्रबार (साउन ३०) बल्ल रिपोर्ट आयो । भाइरस विरुद्ध हालसम्म प्रभावकारी औषधि आइसकेको छैन ।
त्यसैले संभावित संक्रमितमा भाइरस भए नभएको चाँडो पत्ता लगाउन पीसीआर परीक्षण गर्ने हो । संभावित संक्रमित ब्यक्तिमा भाइरस भए अरुलाई नसरोस भन्ने उदेश्यले संक्रमित ब्यक्तिलाई आइसोलेसनमा लान पीसीआर परीक्षण गर्ने र रिपोर्ट चाँडो भन्दा चाडो ल्याउने प्रयात्न गर्नु पर्दछ ।
नगरको पहलमा पथरीमा जुन त्रासवीच पीसीआरको लागि स्वाब संकलन भयो रिपोर्ट लिन भने पर्याप्त ध्यान दिएको देखिएन । कोरोना भाइरसको रिपोर्ट लिन ढिलो हुनु नियतमा शंका गरिहाल्ने अवस्था नभएपनि २५ गते भन्दा पछि पठाएकाहरुको अगाडी आउनु र पथरीको १५ दिनमा मात्र आउनुले पर्याप्त पहल चाँही भएको देखिन्न ।
स्वाब दिनेहरुको चौतर्फी दबाब आउन थालेपछि संक्रमित ब्यक्तिसँग कन्ट्र्याक भएको १५ दिनमा बल्ला रिपोर्ट आयो ।
धन्न परीक्षणमा पठाएको ९५ जनाकै रिपोर्ट नेगेटिभ आयो । कसैको पोजेटिभ आएको भए बिरामी आफै समस्यामा परिसक्ने र अरुलाई सरिसकेको हुन्थ्यो । एक, दुई जनामा मात्र पोजेटिभ आइदिएको भए पथरीशनिश्चरे नगरमै भएवह स्थिती आउँथ्यो । यो अवस्थाको समेत ख्याल नगरी संक्रमित ब्यक्तिसँग कन्ट्र्याक भएको १५ दिनमा रिपोर्ट लिनु आफैमा लज्जाको बिषय हो । कोरोना भाइरस लागेको भए देखिएका ब्यक्तिलाई रहेछ भन्ने हुन्छ साबधानी अपनाउने दृष्टिकोणले हेर्दा १५ दिनमा रिपोर्ट लिनुको कुनै अर्थ रहदैन ।
पीसीआर परीक्षणको लागि स्वाब दिएका सामाजिक ब्यक्ती युवराज बास्कोटा चारदिन पछिदेखि भौतिक र सामाजिक सन्जाल फेसबुक प्रयोग गरि रिपोर्ट तुरुन्त ल्याउन दवाब दिदै आएका थिए ।
हरियाली सामुदायिक वन समूहका अध्यक्ष काबुलबहादुर मगर, पूर्ब अध्यक्ष रिता गिरी, पत्रकार भूमिप्रसाद पठक, इश्वर दुलाल लगायतले पनि दैनिक जसो पथरी नगर अस्पतालका स्वास्थ्य कर्मचारी मुरारी आचार्य, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट लगायतलाई सम्पर्क गर्दै रिपोर्टको बारे बुझ्दै आएका थिए ।
पथरीको स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँगै स्वाब दिनेहरुले १ नम्बर प्रदेश मुख्यमन्त्रीको जनसम्पर्क प्रमुख पथरी घर भद्का रामकुमार बस्नेतलाई समेत रिपोर्ट चाँडो पठाउन दैनिक फोन गर्न थालेका थिए ।
कोभिड अस्पताल विराटनगरको ल्याबमा परीक्षणको लागि बढी नै स्वाब रहेको कारण ढिला भएको उत्तर आउने गरेपनि पथरीमा जुन हिसाबले सनसनी मच्चाइएको थियो त्यो अनुसार रिपोर्ट लिन प्रयात्न नपुगेको युवराज बस्कोटाको भनाइ छ । स्वाब दिनेहरुको चौतर्फी दबाब र भौतिक रुपमा समेत उत्रिने अबस्था आएपछि मात्र रिपोर्ट ल्याइएको उनको भनाइ छ ।
यो पटक रिपोर्ट लिन भएको ढिला सुस्ती हेर्दा साँचै पथरीमा कोरोना भाइरसले माहामारीको रुप लियो भने यस्तो चालाले नियन्त्रण गर्न सकिन्छ भन्ने प्रश्न उब्जाएको छ ।