पथरीशनिश्चरे नगरको सवै वडामा अनुगमन

भदौ ७ गते, पथरी । मोरङको पथरीशनिश्चरेमा समुदायस्तरमा कोरोना देखिएपछि अस्पताल र औषधि पसल बाहेक हिजोबाट सम्पूर्ण वन्दको आव्हान गरेपछि नगरपालिकाले आज बन्दको अवस्थाका बारेमा अनुगमन् गरेको छ ।

नगर उपप्रमुख, समन्वय समिति सदस्य एवम् नगर अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, अनुगमन् सदस्यहरु यामप्रसाद गुरागाईं, निर्मला गदाल सहित नगर प्रहरीको टोलीले पूर्णरुपमा लकडाउन सहित नगर शिल गरिएको अवस्थाका बारेमा विभिन्न वडामा अनुगमन् गरेको हो ।

टोलीले वडा नम्वर १ को पथरी बजार, २ को बुद्धचोक, ४ र ९ को शनिश्चरे, ४ को कुशलबजार, ६ को भातेगौंडा, केचना, ७ को किर्तिपुर, ८ को मिलनचोक, सोमबारे, ९ को रिंगुवा, पुलचोक र १० को नयाँमंगलबारे सहितका क्षेत्रमा अनुगमन् गरेको छ ।

ती क्षेत्रमा फाटफुट रुपमा खुलेका पसल, होटल बन्द गराइएको छ । सडकमा हिँडडुल गर्नेहरुलाई घरमै सुरक्षित बस्न र मास्कको अनिवार्य प्रयोग गर्दै सामाजिक दूरी कायम गरेर स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरिएको छ । इलाका प्रहरी कार्यालय र शसस्त्र प्रहरीले समेत विभिन्न ठाउँमा लकडाउनको अनुगमन् गरिरहेको छ । वडाका जनप्रतिनिधिहरुबाट समेत अनुगमन् गरिएको छ ।

अत्यन्तै स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा अनुरोध गर्दै कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिमार्फत हिजो बिहान १० बजेबाट अस्पताल र औषधि पसल बाहेक सम्र्पूणखाले पसल, ब्यवसाय, कार्यालय, वित्तिय संस्था, यातायात संचालन सहित हिडडुलमा पूर्ण प्रतिबन्ध गरिएको थियो ।

सम्बन्धित खवर