पराजुलीको मृत्यु प्रकरण : संकास्पद ५ जना बयरवनबाट पक्राउ

सांङ्केतीक तस्विर

भदौ ११ गते, पथरी । पराजुलीको मृत्यु प्रकरण संकास्पद भएपछि इलाका प्रहरी कार्यालय पथरीले मोरङको कानपोखरी –४ का ५ जनालाई पक्राउ गरेको छ ।

उनिहरुलाई विहिबार विहान वयरवनबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कानेपोखरी–४ का २४ बर्षीय चिरञ्जीवि दाहाल, ३६ बर्षीय दिपक पराजुली, ३६ बर्षीय इन्द्र बहादुर दर्जी, ४९ बर्षीय अशोक दर्जी र वडा नं. ५ का ४९ बर्षीय तारा कुमार दर्जी रहेका छन् ।

गत सोमबार दिउँसो कानेपोखरी –४ स्थित बयरवन बजारका ५५ वर्षीय बाबुराम पराजुली बयरवन बजार देखि उत्तर राते खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाए छ । करेन्टको माध्यमबाट मृत्यु भएपछि त्यहाँ संलग्न ५ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिपकुमार गिरीले बताए ।

सोमबार उनिहरुले खेत विचको घरबाट विजुली जडान गरी खोलामा विजुलिको तारको माध्यमबाट अवैध तरिकाले माछा मार्न गएको र करेन्टले खोलामा मृत्यु भएको पराजुलीलाई सोही आरोपितहरुले खेतको विचको घरको आगँनमा ल्याएर प्रहरीलाई खबर गरेको प्रहरीको अनुसन्धानले देखाएको प्रहरीले बताए ।

मृत्यु भएको दिन उनिहरुले माछा मार्ने क्रममा करेन्ट लागेर नभई निगुरो टिप्ने क्रममा मृत्यु भएको भनेर प्रहरीलाई झुटो रिपोर्ट दिएका थिए । केही स्थानीय बासिन्दाले दहमा टाउको पट्टीको भाग डुबेको र खुट्टा पानीभन्दा बाहिरै रहेको अवस्थामा शव भेटिएको प्रहरीलाई बताएका थिए । तर सोही दिन केही स्थानीयहरुले प्रहरीलाई मृत्यु संकास्पद रहेकोले अनुसन्धान हुनु पर्ने माग राखेका थिए । पराजुलीको बयरवन बजारमा आफ्न्त कोही पनि छैनन् । श्रीमती ६ महिना अघि मृत्यु भएको थियो ।

पराजुलीको शव मंगलबारे अस्पतालमा पोस्टमार्टम गरी भोलि पल्ट आफ्न्तले अन्त्यष्टी गरिसकेका छन् । पोष्टमार्टमको रिपोर्ट इप्रकामा आइपुगेको छैन । करेन्ट लागेर मृत्यु भएको वा अन्य कारणले भन्ने बारेमा गहिरो अनुसन्धान हुने डिएसपी गिरीले बताए ।

सम्बन्धित खवर