कानेपोखरीमा धिमाल जातिको पारिवारिक तथ्याङ्क संकलन सुरु

असोज १० गते, रमाइलो । धिमाल जातिय विकास केन्द्र मोरङ कानेपोखरीले धिमाल जातिको पारिवारिक तथ्याङ््क संकलन सुरु गरेको छ ।

६ जना संकलन कर्ताहरुले पालिकाको विभिन्न वडामा पुगि शनिबारदेखि तथ्याङ् संकलन सुरु गरेको हो । संकलन कर्ताहरु फिल्डमा जानु अघि आज तथ्याङ्क कसरी संकलन गर्ने भन्ने बारेमा धिमाल जातिय विकास केन्द्र कानेपोखरीका अध्यक्ष प्रकास धिमालले सहजिकरण गरेका थिए ।

आर्थिक, शिक्षा, रोजगारी, स्वास्थ्य, सांस्कृती, धर्म, भाषा र राजनितिक अवस्था पहिचान गर्न धिमालहरुको पारिवारिक तथ्याङ्क संकलन गरिएको केन्द्रका अध्यक्ष प्रकास धिमालले बताए । अहिले गाउँपालिकाको तथ्याङ्कमा कनोपोखरी क्षेत्रमा धिमालहरुको जनसंख्या १८ सय र घरसंख्या ८ सय रहेको छ ।

तथ्याङ्क संकलन गर्न सुनिल धिमाल, मनिता धिमाल, प्राजु धिमाल, खुशि धिमाल, पावेलराज धिमाल र राजेन्द्र धिमाल लगाएत घरघरमा पुगेका छन् । तथ्याङ्क संकलन गर्न तीन दिन सम्म लाग्ने बताईएको छ ।

परिवार संख्या, मतदाता संख्या, गोत्र, लिङ, जन्ममिति, उमेर, नागरिकता प्रमाण पत्र नं., नाता, शिक्षा, स्वास्थ्य, मातृभाषा, आर्थिक अवस्था, जग्गा, बार्षिक आम्दानी, साहित्य कला दर्शन तथा ज्ञान, राजनीतिक अवस्था, जनप्रतिनिधि, सांस्कृतिविवरण र पार्टी आवद्ध लगाएत संकलन गरि तथ्याङ्कमा राखिने भएको छ ।

गाउँपालिकाको १ नम्बर वडामा बाहेक सवै वडामा धिमाल जाति आदिम कालदेखि बसोबास गदै आएका छन् । वडा नं. ७ मा १ घर, वडा नं. ३ मा ७ घर रहेको छ । त्यसैगरी वडा नं. २ को धापगाँउ, ४ को धमकुवा, ५ को कालिकोशी र ६ नर्सरी डाँडामा धिमालहरुको बाक्लो बसोबास रहेको छ ।

सम्बन्धित खवर