मंगलबारे अस्पतालको नाम मदन भण्डारी तथा ट्रमा सेन्टरमा रुपान्तरण

असोज २० गते, उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालको नाम मदन भण्डारी तथा ट्रमा सेन्टर मंगलबारेमा रुपान्तरण भएको छ ।

प्रदेश नं. १ सरकार मातहतमा राखी ब्यवस्थापन गर्ने नेपाल सरकार मन्त्रि परिषद्को साउन ५ गतेको बैठकले मंगलबारे अस्पतालको नाम मदन भण्डारी तथा ट्रमा सेन्टर राख्ने निर्णय गरेको थियो ।

प्रदेश नं. १ सरकारको आर्थिक बर्ष २०७७÷७८ को बजेट वक्तब्यमा प्रदेशकै गौरबको आयोजनाको रुपमा अत्याधुनिक प्रविधि र उपकरणसहित मदन भण्डारी तथा ट्रमा सेन्टरको रुपमा विकास एबम् स्तरोन्ती गर्ने बुँदा समावेश भएको छ ।

असोज १३ गते मन्त्री स्तरीय निर्णय अनुसार अस्पतालको साइनबोर्ड, लेटर प्याड र कार्यालयको छाप प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ स्वास्थ्य निर्देशनालय मदन भण्डारी तथा ट्रमा सेन्टर मंगलबारे मोरङ प्रदेश सरकार सामाजिक विकासमन्त्रालय बनाउन पत्र आएको छ ।

सम्बन्धित खवर