एवोकार्डोको राजधानी ! धनकुटा

विदुर खवास
कात्र्तिक १७ गते, धनकुटा । एवोकार्डोको राजधानी मानिने धनकुटामा यसको ब्यवसायिक खेती सुरु भएको छ । करेसाबारीमा सोखका लागि एक(दुई बोट मात्र रोपेका किसानहरुले पनि अहिले व्यवसायिक खेती शुरु गरेका हुन ।

नेपालीमा ‘घिउ फल’ भनेर चिनिने एवोकार्डो २०२८ सालमा सम्भाव्यताअध्ययनको क्रममा ब्रिटिसहरूले धनकुटामा भित्र्याएको मानिन्छ । धनकुटाको पाख्रिबासमा, कृषि अनुसन्धान केन्द्र खोल्नुभन्दा अघि नै यसको संभाव्यता खोजिएको थियो ।

संस्थागत रूपमा धनकुटा नगरपालिकाले २०७५ असारमा नगरलाई एवोकार्डोको राजधानी घोषणा गरेसँगै किसानहरु व्यवसायिक खेतीमाआकर्षित भएका हुन ।

अहिले धनकुटा नगर भित्रका ६ हजार ७ सय किसान एवोकार्डो खेतीमा लागेका छन् । नगरपालिकाको अध्ययन अनुसार नगरभरि अहिले एवोकार्डोका लगभग १२ हजार ३ सय ५८ बिरुवाहरुले फल दिन थालेका छन् ।

नगरपालिकाले किसानलाई यसमा आकर्षित गर्न र बगैँचा बिस्तारको लागि अनुदानमा बिरुवा पनि वितरण गरिरहेको छ ।

समुद्री सतहको ५ सयदेखि १७ सय मिटर उचाइको हावापानीमा यसको व्यवसायिक खेती गर्न सकिन्छ । यसले रोपेको ४ देखि ६ बर्ष भित्रै उत्पादन दिन सुरु गर्छ भने एउटा बोटले ५० बर्ष सम्म फल दिइरहन्छ ।

राम्रोसँग हेरचाह गरेमा एउटा बोटबाट एकै सिजनमा १ हजार किलोसम्म उत्पादन लिन सकिन्छ । त्यसैले यसको व्यवसायिक संभावना राम्रो रहेको कृषि अभियन्त जिवन राई बताउनुहुन्छ ।

प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने यो फलको माग धेरै भएकाले किसानहरु यसको खतीतर्फ आकर्षित भएका हुन् । तर प्राविधिक ज्ञानको कमीले अझै यसको व्यवसायिक उत्पादनमा असर परेको किसानहरुको गुनासो छ । नेपाल टेलिभिजनबाट

सम्बन्धित खवर