टेन्सवर्ग फुटबल प्रिमियर लिग सुरु, उद्घाटन खेलमा हिमाअस हाइवे र शिखर एफसी बराबरीमा

मंसिर २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा “टेन्सबर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग—२०७७’ सुरु भएको छ । प्रिमियर लिग प्रतियोगिताको उद्घाटन खेलमा शिखर एफसी फुटबल क्लब र हिमाअस हाइवे फुटबल क्लब बराबरीमा टुङ्गिएको छ ।

विहिबार भएको उद्घाटन खेलमा शिखर एफसी फुटबल क्लब र हिमाअस हाइवे फुटबल क्लब विच २ बराबर गोल गर्दै १–१ अंक बाँडेको हो । खेल सुरु भएको २६ औं मिनेटमा हिमाअसको लागि ८ नम्बर जर्सीका किमजोङ राईले प्रतियोगिताको पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हापको अन्तिम ३ मिनेट रहदा हिमाअसकै १७ नम्बर जर्सीका अमर याक्खाले अर्को गोल थपेर २–० गोल अन्तर बनाएका थिए । दोस्रो हापको २५ औं र ३८ औं मिनेटमा शिखर एफसी फुटबल क्लबका दिलिप धिमाल र सुक्र राईले १–१ गोल गर्दै बराबरीमा पु¥याएर खेलमा रौनक ल्याएका थिए । उदघाटन खेलको म्यान अफ द म्याच शिखर एफसी फुटबल क्बलका सौरा राउत घोषित भए ।

पथरी रंगशालामा भएको खेलमा हिमाअस हाइवे फुटबल क्लवबाट मनोज गुरुङ, असिम राई, दावा तामाङ लगायतका खेलाडि मैदानमा उत्रिएका थिए । त्यसैगरी शिखर एफसी फुटबल क्लवमा चन्द्रप्रसाद लिम्बू, दिलिप धिमाल लगायतका खेलाडिहरु मैदानमा थिए । शुक्रबारको खेल १० नबोदय र देबिगन्ज फुटबल क्लबबीच प्रतियोगित हुने आयोजक समितिका सहसंयोजक बिक्की राईले बताए ।

उद्धाटन पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले खेलको उद्घाटन गर्दै लिगको आधारमा १ नम्बर प्रदेशमै पहिले भएकोले आयोजकलाई शुभकामना दिएका थिए । कार्यक्रममा मोरङ फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा १ नम्बर प्रदेशको मुख्यमन्त्रीको जनसम्पर्क प्रमुख रामकुमार बस्नेत, नेपाली काग्रेस क्षेत्रीय सभापती गणेश खड्का, नेकपा पथरीशनिश्चरे इन्चार्ज दिनानाथ तिम्सिना, पथरी उधोग वाणिज्य संघको उपाध्यक्ष बिजय डाँगी, पूर्ब अध्यक्ष धनकुमार तामाङ लगायतको उपास्थिती रहेको थियो ।

यस खेलमा विजेता टिमले १ लाख ७५ हजार र उपविजेता टिमले ७५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । प्रिमियम फुटबल लिगमा पथरीका ८ वटा क्लबले भाग लिएका छन् । प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरि जम्मा आठ ओटा क्लब सहभागी हुने आयोजक समितिका सचिव मनी लुम्फुवा लिम्बुले बताए ।

खेलमा वेस्ट गोल रक्षक, वेस्ट डिफेन्स, वेस्ट मिड फिल्डर, वेस्ट फरवाड, वेस्ट प्लेयर, वेस्ट कोच र वेस्ट गोलकर्तालाई पनि ५ हजारको दरले पुरस्कृत गर्ने जनाएको छ । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याच प्रदान गरिने भएको छ । खेल १५ दिन चल्ने छ । प्रतियोगिता सफल गर्न करिव १२ लाख खर्च हुने आयोजक समितिको सदस्य दीपक राईले बताए ।

 

सम्बन्धित खवर