कानेपोखरीको ग्रामिण सुधारमा एक करोडको काठ घाटगद्दीमै कुहिँदै

पुस २६ गते, कानेपोखरी । सामुदायिक वनहरुलाई काठ बिक्री वितरणमा संघीय सरकारले रोक लगाए पछि घाटगद्दी गरि राखिएको काठ खुहिन थालेका छ ।

सरकारले विभिन्न कारण देखाउँर्दै एक बर्ष यता बिक्री वितरणमा रोक लगाए पछि मोरङको कानेपोखरी गाउँपाकालिका ७ मा रहेको ग्रामिण सुधार सामुदायिक वनमा मात्र करिब एक करोड बराबरको काठको कुहिन थालेको हो ।

उपभोक्तालाई बिक्री बितरण गर्न नपाउँदा वनको घाटगद्दीमा रहेको १९ हजार १२७ क्युफिट काठको गुणस्तर कुहिन थालेको छ । उपभोक्तालाई बिक्री वितरण गर्न नपाउदा तीन बर्षदेखि कुहिँदै गएको समूहका अध्यक्ष नवीन राईले बताए । विधित कारणले ग्रामिण सुधार सामुदायिक वनमा भने तीन वर्ष यता काठ वितरणमा रोक रहेको छ ।

घाटगद्दीमा राखिएको मध्ये तीन÷चार हजार क्युफिट कुकाठ (सखुवा बाहेक) कुहेर नष्ट भइसकेको र सालको काठ पनि दैनिक रुपमा गुणस्तर खस्किन्दै गएको अध्यक्ष राईले बताए । बैज्ञानिक वन ब्यबस्थापनको बिषयलाई लिएर संघीय सरकारले काठ बिक्री बितरणमा देशभर रोक लगाएको छ । संघीय सरकारको निर्देशनको कारण तीन बर्षदेखि काठ वितरण गर्न नपाउदा समूहमा आबद्ध उपभोक्ताहरुले समस्या झेल्दै आएका छन् । घाटगद्दीमा काठ कुहिँदै गएको छ भने उपभोक्ताहरुले घर बनाउन अभाव झेल्दै आएका छन ।२० औं साधारण सभा सम्पन्न
ग्रामिण सुधार सामुदायिक वनको शुक्रबार २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा अध्यक्ष नवीन राई र कोषाध्यक्ष देबेन्द्र थापाद्वारा प्रस्तुत गरिएको प्रगति तथा आर्थिक प्रतिबेदन पारित भएको छ ।

काठ बिक्री वितरण गर्न नपाएको कारण कार्यालय सञ्चालन, हेरालु लगायत कर्मचारीको तलब भत्ता, वृक्षा रोपन, संरक्षण बिकास र बार्षिक साधारण सभाहरुको खर्च धान्न समस्या हुँदै आएको उल्लेख छ । संस्थाको लागि १८ प्रतिशत ब्याजले ऋण बिभिन्न ब्यक्तिबाट ८३ लाख ६५ हजार ५९८ ऋण लिएको उल्लेख छ ।

प्रगाति प्रतिबेदनमा ऐतिहासिक कानेपोखरीको बिकासमा पहल, सिमसार संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने, पोखरीमा माछाको भुरा लगाएर आम्दानी बढाउन पहल गरिएको, वृक्ष रोपन गरिएको लगायत बिषय प्रस्तुत छ । २०५६ सालबाट संरक्षण थालिएको ग्रामीण सुधार मोरङकै ठूलो क्षेत्रफल भएको सामुदायिक वन हो ।

८३९.२२ हेक्टर क्षेत्रफल रहेको समूहमा ४ हजार ८ सय ६३ घर परिवार उपभोक्ता रहेका छन् । साधारण सभालाई कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले प्रमुख अतिथि, विषेश अतिथि सामुदायिक वन उपभोक्ता महासंघको १ नम्बर प्रदेश समिति सचिव अग्नि पौडेल, जिल्ला अध्यक्ष रामकृष्ण राई, पालिका ७ नम्बर वडा अध्यक्ष मोहन अधिकारी, ६ का खड्गबहादुर बस्नेत लगायतले शुभकामना दिएका थिए ।

 

सम्बन्धित खवर