जेठ २५ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा कोरोना संक्रमणबाट अहिले सम्म ६ जनाको मृत्यु भैसकेको छ । गाउँपालिकामा ७५ जना महिला र ९९ सय पुरुष पुरुष गरी कुल १ सय ७४ जना कोरोना संक्रमित भएकोमा ७३ जना निको भएका छन् ।
गाउँपालिकाको स्वास्थ्य शाखाको सोमबार सम्म भएको रिपोर्ट अनुसार रेट परीक्षण २३० जना, आइसोलेसनबाट डिस्र्चाज भएका ६ जना, अस्पतालको आइसोलेसनमा ४जना र ८५ जना होम आइसोलेसनमा बसेका छन् ।
सवै भन्दा कम संक्रमित वडा नं. १ मा रहेको छ भने सवै भन्दा वढी संक्रमितको संख्या वडा नं. ६ मा रहेको स्वास्थ्य शाखाको तथ्याङ्कले देखाएको छ ।
साथै कोरोना संक्रमितसँगको सम्पर्क भएकालाई कन्ट्रयाक ट्रेसिङका आधारमा तथा ज्वरो आइ कोरोनाको लक्षण देखिएको अवस्थाका मानिसहरुलाई गाउँपालिकाले पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरेको छ ।