पथरी उद्योग वाणिज्य संघको अध्यक्षमा तीन जनाको नाम चर्चा

भदौ १२ गते, पथरी । मोरङको पथरी उद्योग वाणिज्य संघको चुनावी साधारण सभाको मिति तोकिएसँगै संघको अध्यक्षमा तीन जनाको नाम चर्चा बजारमा सुरु भएको छ ।

आगामी निर्वाचनको लागि निवर्तमान अध्यक्ष दीपक बस्नेत, पूर्ब अध्यक्ष धनकुमार तामाङ र अशोक शंकरले अध्यक्ष पदमा उमेद्वारी दिने चर्चा सुरु भएको हो । निवर्तमान अध्यक्ष दिपक बस्नेत नेकपा एमाले, धनकुमार तामाङ नेपाली कांग्रेस र अशोक शंकर माओवादी केन्द्र निकट ब्याबसायी हुन् ।

बस्नेत र तामाङ उवा संघको अध्यक्ष भइसकेका हुनभने शंकर जेसीजको राष्ट्रिय अध्यक्ष भइसकेका तीनै जना प्रभावशाली र लोकप्रिय उमेद्वार हुन् । निवर्तमान महासचिव अशोक राईले आफू अध्यक्ष पदको उमेद्वारीमा हैसिएत भएपनि सर्वसहमत भए महासचिवमा दोहोरिन सक्ने बताएका छन् । महासचिवमा रोहित बास्तोला पनि इच्छा ब्यक्त गरेको बुझिएको छ ।

 

सम्बन्धित खवर