जनतासँग वडाध्यक्ष कार्यक्रममा वडाध्यक्षलाई जनताको प्रश्नै प्रश्न

सनम रोक्का , असोज २२ गते, पथरी । मोरङ पथरीशनिश्चरे ४ नं. वडाकार्यालयले पहिलो पटक “जनतासँग वडा अध्यक्ष“ कार्यक्रमको आयोजना गरेको छ ।

जनतासँग वडा अध्यक्ष कार्यक्रमको आयोजना गरी जनताको प्रश्न वडाध्यक्ष मार्फत जिज्ञासा मेटाउन कार्यक्रमको आयोजना गरेको हो । जनताको गुनासा, खबरदारी र वडाको समग्र पक्षसँग सम्बन्धित प्रश्न उत्तर सहित कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडाका सामाजिक अगुवा, शिक्षक, विद्यार्थी, युवा लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा जिज्ञासाहरूलाई वडाध्यक्ष गोबिन्द बहादुर भण्डारी उत्तर दिर्दै समाधान गरेका थिए । सहभागीहरूले शिक्षा, स्वास्थ्य, बाटो, पुल, वडाका जनप्रतिनिधिहरूको कम्जोरी, कार्यालयको कामकारबाहीमा ढिलासुस्ती लगायतका विषयमा प्रश्नहरू उठेको थियो । कार्यक्रमको आयोजना भुल्के मिडिया प्रालीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मगर रहेका थिए । कार्यक्रमका अध्यक्षता वडाध्यक्ष गोबिन्द बहादुर भण्डारीले गरेका थिए । साथै कार्यक्रममा नगर कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा अतिथि रहेका थिए । कार्यक्रम विवेक न्यौपानेले संचालन गरेका थिए ।

सम्बन्धित खवर