पथरीशनिश्चरेमा १ जनाको मृत्यु, मृत्युपछि कोरोना पोजेटिभ भएको पुष्टी

सांङ्केतीक तस्विर

भदौ १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे– २, का १ जना पुरुषको न्युरो अस्पताल विराटनगरमा आज मृत्यु भएको छ । मृत्युपछि कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए ।

मृतक उपचारका लागि १० दिन अगाडी न्युरो अस्पताल गएको थिए । मृतकको उपचार अघि परीक्षणमा रिपोर्टमा नेगेटिभ आएपछि उपचार सुरु गरेका थिए । रिपोर्ट पोजेटिभ आए पनि ति व्यक्तिको निधन कोरोनाकै कारण भएको हो वा अन्य रोगले हो भन्ने यकिन नभएको संयोजक आचार्यले बताए ।

सम्बन्धित खवर