एमाले महाधिवेशनमा पाँचलाख कार्यकर्ता उतार्ने–पूर्व मन्त्रि ढकाल

कात्र्तिक २२ गते, कानेपोखरी । पूर्व मन्त्री तथा एमाले स्थाई कमिटी सदस्य भानुभक्त ढकालले नेपाल कम्युनिष्ट पार्टी(एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा पाँच लाख कार्यकर्ता उर्तार्ने बताएका छन् ।

मोरङ क्षेत्र नं. ३ को सांसद समेत रहेका ढकालले आफ्नो क्षेत्र स्थित कानेपोखरी गाउँपालिका आएर यस्तो कुरा बताएका हुन । उनले पूर्व मेची–महाकाली अभियानमा चितवनको नारायणी नदिको किनारमा कार्यक्रम गरेको स्थलमै उद्धाटन सत्र भव्यरुपमा गर्ने बताए । मोरङ जिल्लाबाट पनि व्यापक उपस्थित हुन आग्रह गरे ।

उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उनको भनाइ छ । सर्वसाधारणलाई सहज हुने गरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने उनले बताए ।

अघिल्लो महाधिवेशनमा अव्यवस्थित भएकोले यस पटक मेशिनको माध्यामबाट भोटिङ गरिने तयारी रहेको पनि बताए । विधान महधिवेशनमा एमालेको विधान ६ हजार ३ सय ४५ जनाको उपस्थितमा सर्वसहमतले पास गरेकोले पहिलेको महाधिवेशनको जस्तो विचारमा कुनै झगडा नभएकोले यस पटक सक्दो सर्वसहमतको प्रयास गर्ने नभए निर्वाचनमा जाने ढकालले बताए ।

त्यसैगरी बन्द सत्र चितवकै सौराहामा हुने भएको छ । महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी व्यवस्था गरिएको उनले बताए । १२ सय सम्म संगठित सदस्य भएको ठाउँमा एक महिला सहित ३ जना प्रतिनिधिको व्यवस्था गरेको छ । त्यस भन्दा पछि ८ सय संगठित सदस्यमा १ जना प्रतिनिधि थपिन्छ, भन्नाले १२ सय १ बाट १९ सय ९९ हुँदा ४ जना प्रतिनिधि हुन्छ । २ हजार देखी २८ सय सम्म ५ जना प्रतिनिधि हुन्छन् । थपिएको प्रतिनिधि अनिर्वाय महिला हुनु पर्ने व्यवस्था गरेको छ ।

सम्बन्धित खवर