पुस ५ गते, कानेपोखरी । प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले किरात धार्मिक वन समूहद्वारा निर्माण गरिएको ट्रिहाउसको उद्घाटन गरेका छन् ।
आइतबार मोरङको कानेपोखरी–७ स्थित किरातहरुको उधौली पर्वको अवसरमा साकेला थान उपभोक्ता समूहले आयोजना कार्यक्रममा प्रदेश प्रमुख खापुङले ट्रिहाउसको उद्घाटन गरेको हो ।
उनले उद्घाटनपश्चात भाषा, संस्कार, संस्कृति र सभ्यताको काममा सवै एकजुट भएका लाग्नु पर्ने बताउँदै यसमा हामी सबैले हातेमालो गर्नु पर्ने जनाए । उनले विचारमा जतासुकै भएपनि विकासमा एकजुट भएर लाग्नुपर्ने बताउँदै यसरी एकजुट भएर लागे मुलुकमा शान्ति, समृद्धी ल्याउने मात्र होइन मुलुकको भविश्य दिगो कायम हुने बताए ।
त्यस्तै विशिष्ट अतिथि प्रदेश सांसद सुर्यमा राईले संस्कार र संस्कृतिलाई व्यूताउँदै आएको किरात राईहरुको साकेला कोरोनाको कारण केही वर्ष मनाउन नपाएको बताए ।
पर्यटकीय हिसाब निर्माण गरिएको ट्रिहाउसमा एउटा परिवार बास बस्नको लागि मिल्ने खालको रहेको छ । कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख, सवडिभिजन कार्यालय कानेपोखरीका प्रमुख तुलसीलाल यादव, कानेपोखरी वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारीले मन्तव्य दिएका थिए । कार्यक्रम कृष्ण राई (रामकाजी)को सभापतित्वमा र फूलमाया राई (भावना)को सञ्चालनमा सम्पन्न भएको थियो ।