सनम रोक्का
पुष १८ गते, कानेपोखरी । मोरङ कानेपोखरी –४, शिवालय टोलकी एक युवती बेपत्ता भएकी छिन । शुक्रबार साँझबाट २१ वर्षीय सुजना तिम्सिना बेपत्ता भएकी हुन ।
बौद्धिक क्षमताका आधारमा निकै सोझी रहेकी सुजतालाई कसैले ललाईफकाई गरि बेच्न लगिएको आमा
चन्द्रकला तिम्सिनाले बताइन् । आफ्नै घरको घरायसी काम गर्दागर्दै साँझ ५ बजेदेखि उनी बेपत्ता भएकी आमा चन्द्रकलाले बताइन् । अत्यन्तै सोझी सुजतासँग एक अपरिचित दाहाल थर गरेका युवा सामाजिक संजालमा जोडिएका थिए ।
फोसबुकमा चिनजान भएको युवासँग फेसबुकमा बोलेको आमा बुबालेले देखेपछि परिवारले कराउदा त्यो केटो त्यस्तो छैना राम्रो छ भनेर सुजताले जवाफ फकाउने गरेकी थिइन् । सुजतासँग परिचित तर सुजताको परिवारसँग अपरिचित एक युवा गत शुक्रबार घरमै आइपुग्छ ।
परिवारले सोध्दा नाम नभन्ने दाहाल थर मात्र बताउने सो युवाले सुजतासँग गफ गरेपछि ५ बजे घरबाट भागेको उनकी आमाले बताइन् । आमाले छोरीको साथीहोला भनेर वास्ता गरेनन् ।
परिवारले नियन्त्रणमा राख्दाराख्दैँ पनि सोझोपनको फाइदा उठाएर सोही युवाले फकाएर बेचबिखनका लागि लगेको हुनसक्ने बेपत्ता सुजताकी आमाले बताइन ।
२४ घण्टा बितिसक्दासम्म कहिकतैबाट खबर नआएपछि त्यो अपरिचित व्यक्तिले बेच्न लगेको शंका गरेका छन् । परिवारले इलाका प्रहरी कार्यालय पथरी तथा माइती नेपाल विराटनगरमा निवेदन दर्ता गरिसकेका छ्न । घरबाटै बेपत्ता भएकी युवतीको प्रहरी र गाउँलेले खोजीकार्य गरिहेको छ ।