शुक्रबार, कार्तिक २८, २०८२

प्राविधिक कुटीएको विषयमा कानेपोखरीमा ईन्जिनियरहरुको विरोध

माघ १ गते, कानेपोखरी । सडक ग्राभेलको अनुगमन गर्ने क्रममा कानेपोखरी गाउँपालिकाको प्राविधिक सुनिल कार्की माथी हातपात गरेको भन्दै ईन्जिनियर तथा प्राविधिहरुले काम ठप्प पारेर विरोध गरेको छ ।

शुक्रबार गाउँपालिकाका परिसरमा जिल्ला भरीका ईन्जिनियर र प्राविधिकहरुको टोलीले कालो पट्टी बाँधी पालिकाको काम ठप्प पारेर विरोध गरेको हो । उनिहरुले योजनासँग असम्बन्धीत व्यक्ति स्थानीय गणेश गुरुङले अपशब्द बोल्दै प्राविधिक सुनिल कार्कीमाथी हातपात गरेको घटना प्रति गम्भिर ध्यान आकर्षण गराएका छन् ।

उनिहरुले पालिकाको कार्य सम्पादनमा फिल्डमा खटिएको प्राविधिक माथी भएको भौतिक आक्रमणले प्राविधिकहरुको ज्यानको सुरक्षा नै खतरामा भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न गाउँपालिकासँग माग गरेको छ ।

उनिहरुले गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेलाई ५८ जना प्राविधिकको हस्ताक्षरीत ज्ञापन पत्र बुझाएउँदै कर्मचारीहरुमा सुरक्षाको माग र दोषीलाई कानुनी कारवाही गर्न माग गरेका छन् । घटनामा संलग्न व्यक्तिलाई कानुनी कारवाही नगरिएमा थप विरोधका कार्यक्रमहरु गर्दै जाने उल्ल्लेख छ ।

मोरङ कानेपोखरी –४ स्थित श्याम राजवंशीको घर दक्षिणको बाटो ग्राभेलको उपभोक्ता समितिका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेले मिति २०७८ पुस २८ गते अनुगमनको लागि गाउँपालिकामा दिएको निवेदन अनुसार २०७८ पुस २९ गते अनुगमन गरेको थियो ।

गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक राजमती इङ्नाम सहितको प्राविधिको टोली अनुगमन गर्ने क्रममा योजनासंग असम्बन्धित व्यक्ति विकास गुरुङले एक्कासी आफुमाथी आक्रमण गरेको र केही छिनमा भागेको प्राविधिक कार्कीले बताए ।

घटना पच्छात हिजो नै गाउँपाकिलाका कर्मचारीहरुले विज्ञप्ती निकाल्दै घटनाको गम्भीर ध्यानाकर्षण गर्दै विरोध गरेका थिए । त्यसैगरी प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन नेपाल(पिन)जिल्ला मोरङले पनि विज्ञप्ती निकाल्दै घटनाको निन्दा गरेको छ ।

उनिहरुले फिल्डमा खटिएको प्राविधिक माथी भौतिक आक्रमण गर्ने निज निज व्यक्तिलाई तत्काल गिंरप्तार गरी कानूनको दायराभित्र ल्याई कानुनी राज्यको आभाष दिलाउन प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन नेपाल(पिन)जिल्ला मोरङले माग गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.