शनिबार, भदौ २८, २०८२

रुक्सना लिम्बुलाई पथरीमा चुम्लुङद्धारा सम्मान, पथरीमै दुईवटा गीत गाउने अवसर

माघ १३ गते, पथरी । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर शाखाले नेपालको पहिलो रियालिटी शो द भ्वाइस किड्सको फाइनलिष्ट रुक्साना लिम्बुलाई सम्मान गरिएको छ ।

बुधबार सिरिजंगा धार्मिक वनको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी चुम्लुङले सम्मान गरेको हो ।
चुम्लुङ नगर शाखा अध्यक्ष पर्शुराम चोङ्वाङ लिम्बु र सचिव प्रेमबहादुर पङ्याङ्ग लिम्बुले रुक्सनालाई सम्मान–पत्र र दोसल्लाले सम्मान गरेको थियो ।

यस अघि द भ्वइस किड्स प्रतियोगी रुक्साना लिम्बूलाई विजेता बनाउन चुम्लुङ शाखा पथरीले अभियान मार्फत २८ हजार संकलन गरि रुक्सनाकी आमा रेखा लावतीको बैंक एकाउण्ड खातामा जम्मा गरिदिएका थिए । शाखाले अभियान मार्फत विभिन्न संघसंस्था, सुभेच्छुक र मनकारी व्यक्तिहरुबाट दुई दिनमा सहयोग संकलन गरी पठाएको चुम्लुङका सचिव प्रेम पयाङ्गुले बताए ।सम्मान कार्यक्रम पछि मौसम परिवर्तन याक्थुम्बाले शुभकामना मन्तव्य राखेका थिए । सम्मान लिर्दै रुक्सनाले कार्यक्रममा, खेस्सेम्पे,े मन त मेरो नेपाली हो, किन बढ्दैछ ढुकढुकी, यो मन त मेरो नेपाली हो, हिजो आज तिम्रो मेरो‘ लगायतका गीतहरु गाएकी थिइन् । सम्मान कार्यक्रममा गायक तथा संगीतकार देव गुरुङ, गायक तथा म्यूजिक डाईरेकटर ताराबिर पाण्डे, गायक नन्दु गुरुङ, गायक सन्दिप राई लगायतको उपस्थिति रहेको थियो ।रुक्सनालाई पथरीमा दुईवटा गीत गाउने अवसर
रुक्सना लिम्बुले पथरीमा दुईवटा गीत गाउने अवसर मिलेको छ । पथरीशनिश्चरे नगरका गायक तथा संगीतकार देवीप्रसाद गुरुङको संगीतमा रहेको ‘किन यति धेरै माया बसेको’ बोलको गीत रुक्सनाले गाउने भएकी छिन् । त्यसैगरी गायक तथा म्युजिक डाईरेकटर ताराबिर पाण्डेको ‘तिम्ले खुसी मारेर गयौ’ बोलको गीत रुक्सनासँग गाउने कुरा कार्यक्रम मार्फत् जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै संगीतकार गुरुङले, रुक्सानाको उज्वल भविष्यको कामना गर्दै नन्दु गुरुङसंग डोयट गीत गाउने कुराको बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.