चैत १६ गते, काठमाडौं । वहिर्गमीत पूर्व जनमुक्ति सेना आज नेकपा एमालेमा प्रवेश गरेका छन् । २२ सय वहिर्गमीत पूर्व जनमुक्ति सेनालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।
भक्तपुरमा आज बुधवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माओवादीका २२ सय पूर्वलडाकु एमालेमा प्रवेश गरेको नामलिष्ट ग्रहण गरेका थिए । उनले नाम लिष्ट सहितको पुस्तक ग्रहण गर्दै प्रतिकात्मक रूपमा केही युवालाई अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माओवादीले हिजो युवालाई दुरुपयोग गरेको बताए । एमालेमा आउने युवालाई एमालेले दुरुपयोग नगर्ने ओलीको भनाइ छ ।
युवालाई देश बनाउन एमालेले सदुपयोग गर्ने उनले प्रष्ट पारे । युवाको शक्ति र जोस जाँगरलाई एमालेले सही रूपमा उपयोग गर्ने अध्यक्ष ओलीले बताए