प्रथम अध्यक्ष कप : लेटाङ फाइनलमा प्रवेश

चैत १८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–५ जहदा रंगशालामा जारी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपमा लेटाङ नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।

यो सँगै आइतबार हुने फाइनल खेलमा बेलबारी र लेटाङ नगरपालिका विच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा लेटाङले इटहरी उपमहानगरपालिकालाई २–४ गोलको अन्तरले पराजित गर्दै लेटाङ फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको २० औं मिनेटमा लेटाङका जर्सी न १७ का आयुस लिम्बुले १ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको ३३ औं मिनेटमा लेटाङका लागि जर्सी नम्बर ३ का धु्रव वि.क.ले दोस्रो गोल गरे ।

त्यसैगरी खेलको दोस्रो हाफको ४२ औं मिनेटमा लेटाङका लागि जर्सी नम्बर १७ कै आयुस लिम्बुले तेस्रो गोल गरे । खेलको ६० औं मिनेटमा लेटाङका लागि जर्सी नं. १८ का अनुप मगरले चौथो गोल गरेका थिए । त्यसैगरी इटहरीका लागि जर्सी नम्बर ९ का सुसन तामाङले दोस्रो हाफको ४४ औं मिनेटमा १ र खेलको अतिरिक्त समयमा १ गोल गरी खेललाई ४–२ बनाएका थिए ।

खेलको म्यान अफ दि म्याच लेटाङका परवाड आयुस लिम्बु घोषित भए । उनलाई जहदा भेट्रान क्लबका संयोजक डेनिम राईले नगद १५ सय, ट्रफी र मेडल प्रदान गरेका थिए । भोली भेट्रान खेल हुने र आइतबार लेटाङ र बेलबारी विच फाइनल खेल हुने आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताए ।

खेलको विजेता टिमले नगद १ लाख र उपविजेताले ६० हजार ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । त्यसैगरी खेलको अन्तिम दिन विद्यागत पुरस्कार खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १ जनालाई नगद ५ हजार, हाइस्कोरर, बेस्ट डिफेन्डर, बेस्ट स्ट्राइकर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही ३ हजार सहित ट्रफी र मेडल प्रदान गरिने समितिका सचिव एविन पाठकले बताए ।

सम्बन्धित खवर