६ नम्बर वडा पनि एमालेको प्यानल विजयी

जेठ २ गते कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको ६ नम्बर वडा पनि नेकपा एमाले अध्यक्षका उम्मेद्वार खड्ग बस्नेतको नेतृत्वको प्यानल विजय भएका छन् ।

१६४६ मत ल्याएर नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार खड्ग बस्नेत विजयी भएको हो । उनले आफ्नो प्रतिद्धन्दी नेपाली कांग्रेसका विवेक लिम्बुलाई ३३१ मतको अन्तरले पछि पारेको थियो । त्यसैगरी महिला सदस्य सुशीला (मुना) श्रेष्ठ १७७१, दलित महिला सदस्य दुर्गा नेपाली १८२७, खुल्ला सदस्य पहिलो नारायण बस्नेत १६४४ र खुल्ला सदस्य दोस्रो राजकुमार लिम्बूले १६०१ ल्याई जित सुनिचित गरेका हुन ।

त्यसैगरी जम्मा खसेको मत ३६२० मा वडाबाट नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार राजमती इङ्नामले
१५१३, कांग्रेसका सन्जय भट्टराईले ५७५, माओवादी केन्द्रका सुर्य धिमाल १०९० र राप्रपाको मोहन गौतमले ५८ मत पाएका थिए । त्यसैगरी नेकपा एमालेबाट पालिका उपाध्यक्षका उम्मेद्वार भोला अधिकारी १७११, कांग्रेसका मनकुमारी गुरुङ १०९५, माओवादी केन्द्रका तारा ओझा २७५ र राप्रपाका विन्दा नेपाल बास्तोलाले ६१ मत पाएका थिए । वडामा ५५ मत वदर भएको निर्वाचन अधिकृतले जनाएको छ ।

खड्ग बस्नेत यस अघिको पनि वडा अध्यक्ष हुन । उनले एमालेको प्यालन नै यस अघि पनि सानदार जित निकालेका थिए । त्यसैगरी वडा सदस्य सुशिला श्रेष्ठ यस अघिका महिला वडा सदस्य हुन ।

सम्बन्धित खवर