१८ र १९ गते पथरीमा हुने जिल्ला बचतको गोष्ठीमा ५ वटा कार्यपत्र प्रस्तुत हुने

असार १६ गते, पथरी । मोरङको पथरी शनिश्चरे नगरमा जिल्ला बचत तथा ऋण सहकारीको आयोजनामा साकोस गोष्ठी हुने भएको छ ।

बुधबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी पथरीको शीन भिलेज पार्टी प्यालेसमा असार १८ र १९ गते हुने बारेमा जिल्ला बचतले जानकारी गएको हो । गोष्टीको दोस्रो दिनको पहिलो सत्रमा मोरङको १७ वटै पालिका प्रमुख र उपप्रमुखलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

दुई दिने साकोस गोष्ठीमा ५ वटा कार्यपत्रहरु प्रस्तुत हुने भएको छ । जस्तै १. ‘साकोस सञ्जालिकरण र प्रविधि’ शीर्षकको कार्यपत्र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी (नेफ्स्कुन) का महासचिव दामोदर अधिकारीबाट प्रस्तुत र जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल टिप्पणी रहने छ । २. ‘हकारीको नियमन’ र ‘प्रवद्र्धनमा नियामक निकायको भूमिका’ र सवालका क्षेत्रहरु विषयक कार्यपत्र नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीको र नेपाल बहुउद्दश्यीय सहकारी(एनएमसि) सञ्चालक सहकारी विकास बोर्डका अध्यक्ष रामचन्द्र उप्रेतीले टिप्पणी रहने कार्यक्रम रहेको छ ।

३. ‘संघियतामा सहकारी’ स्थानीय तहको भूमिका’ शीर्षकको कार्यपत्र निर्तमान कानेपोखरी गाउपालिका अध्यक्ष तथा जिल्ला बचत संघ मोरङका पूर्व अध्यक्ष ताराबहादुर काफ्ले प्रस्तुत र रजिस्ट्रार प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय प्रदेश १ का हरिबहादुर खत्रीले टिप्पणी रहेको छ । ४. ‘जोखिम न्यूनिकरण एवं सक्षम सहकारी विकासको आधार’ शीर्षकको कार्यपत्र राष्ट्रिय सहकारी बैंक लि. का कार्यकारी अधिकृत बद्रीनाथ गुरागाईले प्रस्तुत र महेन्द्र मोरङ क्याम्पसका प्रध्यापक डा. मोहन सुवेदीको टीप्पणी रहनेछ ।

५. ‘आर्थिक समृद्धिको यात्रामा नेपालको सहकारी आन्दोलन’ शीर्षकको कार्यपत्र स्नातकोत्तर क्याम्पस विराटनगर, प्रध्यापक डा. अर्जुन वरालले प्रस्तुत र पूर्व सहप्रध्यापक दमक क्याम्पस तथा दमक नगरपालिकाको निर्वतमान उपप्रमुख गिता अधिकारीको टीप्पणी रहने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेफ्स्कुनका केन्द्रिय अध्यक्ष परितोष पौड्याल प्रमुख अतिथिको रुपमा आउने भएको जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले जनाएको छ ।

दुईदिने गोष्ठीमा बचत तथा ऋण सहकारीबाट प्रतिनिधित्व गर्न आउने एक जना प्रतिनिधिलाई ३ हजार रुपैयाँ, २ जना प्रतिनिधि भएमा ५ हजार र ३ जना प्रतिनिधिले सहभागी भएमा ७ हजार ५ सय शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ ।

संघको उपाध्यक्ष बिना राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघका सचिव एकराज निरौलाले प्रेस विज्ञप्ती प्रस्तुत गरेका थिए । कार्यक्रममा गणेश बाच्छानाले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित खवर