असार २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले विद्यालयहरुमा सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा र पोषण कार्यक्रम बारेमा समीक्षा गरेका छन् ।
सामुदायिक र संस्थागत विद्यालयका स्वास्थ्य विषयका शिक्षकहरु सहभागिमा समीक्षा गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनप्रसाद तुम्वापोले विद्यालयहरुसँगको सहकार्यमा स्वास्थ्यका कार्यक्रमलाई विद्यालय सहित समुदायमा प्रभावकारी बनाइने बताए । शिक्षकहरुले अभिभावकहरुका लागि समेत सचेतनाका गतिविधि गर्नुपर्ने जनाए । त्यसप्रकारका कार्यक्रम आयोजना गर्दा स्वास्थ्य शाखाले स्वास्थ्य सम्बन्धीको सहजिकरण सहितका कार्यक्रममा सहकार्य गर्ने पनि उल्लेख गरे ।
कार्यक्रममा, नगर अस्पतालका डाक्टर कमलकान्त चौधरीले किशोरीहरुका लागि विद्यालयमा खुवाइने रेको फोलिक एसिड र आइरन चक्कीका बारेमा जानकारी गराए । महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले अपाङ्गतारहित स्वस्थ बच्चाको जन्मका लागि विवाह गरेपछिकै अवस्थादेखि आवश्यक पोषणमा ध्यान दिनपर्ने उल्लेख गरे ।