असार २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो मंगलबार राती साढें ९ बजे वडा नं.१ का ३६ बर्षीय वीरबहादुर थापालाई प्रहरीले घरैबाट पक्राउ गरेकोे हो ।
आफ्नै घरमा ब्राउन सुगर बिक्रि गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
थापाले कोठामा लुकाई राखेको २ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर पनि प्रहरीले बरामद गरेको इप्रका पथरीले बताएक छन् ।