भदौ २० गते, पथरी । मोरङ पथरीशनिश्चरे १, स्थित पथरीबजारका भिष्म लिम्बु लागुऔषध कारोबारीमा जेल चलान भएका छन् ।
लिम्बुलाई आइतबार मोरङ जिल्ला अदालतले कैद÷जरिवाना भुक्तानको लागी कारागार पठाएको हो । मोरङ जिल्ला अदालतले २०७७ चैत १७ गतेको फैसला बमोजिम लागु औषध मुद्दामा २ बर्ष ६ महिना कैद सुनाएको थियो ।
३२ बषीय भिष्म लिम्बु भन्ने बिष्णुकुमार लुम्फुवालाई कैदसँगै १ लाख जरिवाना सुनाईए पनि उनी फरार रहेका थिए । लुम्फुवालाई इप्रका पथरीबाट खटिएको प्रहरी टोलीले २०७९ भदौ १७ गते पथरीबाटै पक्राउ गरेको थियो ।