
भदौ २२ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलोमा भदौ १२ गतेदेखि सुरु भई २७ गते समापन हुने कानेपोखरी महोत्सवमा आज बुधबार साँझ चर्चित लोक दोहोरी हट गायिका ज्योजी मगर मगरको प्रस्तुती रहने छ।
दर्शकहरुमा लोप्रिय गायिका ज्योती मगरले आज चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिने छन् । पालिकाका विभिन्न स्थान र पालिका बाहिरबाट पनि गायिका मगरको फ्यानहरु आउने आयोजक समितिले जनाएको छ । ज्योति मगरको प्रस्तुतीमा युवा तथा आधा उमेर काटेका पुरुषहरुको बाक्लो उपस्थित रहने महोत्सव आयोजक समितिले अनुमान गरेको छ ।
गायिका मगरले ढाडे बिरालो, साँढे गोरु, कम्मरै भाँचेर, नाइटो छेडी नथ्थी लगाउँछु लगाएत १ दर्जन चर्चित गित गाएर दर्शकलाई मनोरञ्जन दिने छिन् ।
महोत्सव साझँ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुदै आएको छ । ‘शैक्षिक, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मुल नाराका साथ भदौ १२ देखि सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ ।
रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ रमाइलोको भवन निर्माणको लागि संयुक्त महोत्सव आयोजना गरिएको रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्यालले बताए ।


प्रतिक्रिया