पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्र भित्र हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रममा पहिलो दिन ६ हजार १ सय ९० जनाले सेवन गरेका छन् ।
शनिबार दोस्रो दिनको कार्यक्रममा प्रत्येक वडाबाट सुरु गर्दै नगरको घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानमा सो बराबरको नगरबासीले औषधि सेवन गरेको हो । जसमा, वडा नम्वर १ मा १ हजार २ सय ८७, वडा नं. २ मा ४ सय १२, वडा नं. ३ मा २ सय ९८, वडा नं. ४ मा ७ सय ९५, वडा नं. ५ मा ६ सय ६४, वडा नं. ६ मा ८ सय ९९, वडा नं. ७ मा ४ सय ४४, वडा नंं ८ मा ३ सय २८, वडा नं. ९ मा ६ सय ८७ र १० मा ४ सय १८ जनाले औषधि सेवन गरेको स्वास्थ्य संयाजक मुरारी आचार्यले जनाए ।
वडा वडामा उद्घाटन्पछि १० वटै वडामा घर घरमा गएर औषधि सेवन गराउने काम भएको थियो । वडाका जनप्रतिनिधिहरुले औषधि सेवन गरेर कार्यक्रमको उद्घाटन् गरेका थिए । नगरका सञ्चारकर्मीहरु वडा विभाजन गर्दै वडा वडामा पुगेर औषधि सेवनमा प्रोत्साहन गर्दै रिपोर्टिङमा खटिएका छन् ।
शुक्रबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सांसद कृष्णकुमारी राई र पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन गरी कार्यक्रमको उद्घाटन् गरेपछि शनिबारबाट वडा वडामा औषधि सेवनको अभियान अघि बढाइएको हो । अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले वडा वडाका संघ संस्थाका प्रमुख सहितका सामाजिक अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई औषधि सेवनका बारेमा अभिमुखिकरण प्रदान गरेको छ ।
सवैले सवैलाई औषधि खानका लागि आव्हान गर्न अनुरोध गरिएको नगर प्रमुख राईले वताए । कार्यक्रममा पथरी नगर अस्पतालका डा. सावन मेहताले औषधिले असर गर्छ भन्ने भ्रम हटाएर सवैले औषधि खाँदा मात्र रोग निवारण हुने उल्लेख गरे । नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत एक सातासम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम छ ।