लर्ड बुद्ध साकोसको स्थापना दिवसमा २ जना सम्मानित, ५ जना पुरस्कृत

पथरी । मोरङको पथरीशनिश्चरे –२, मा रहेको लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औँ स्थापना दिवसमा दुई जना सम्मान र ५ जनालाई पुरस्कृत गरेको छ ।

शनिबार साल्पा होटलमा भएको कार्यक्रममा साकोसले स्थापना दिवस पारेर स्थानीय पत्रकार गोपाल काफ्लेलाई नगद ५ हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । त्यसैगरी संस्थाकी जेष्ठ नागरीक ७२ बर्षिय कृष्णमाया राईलाई सम्मान पत्रले सम्मान गरेको थियो । संस्थाले एकल महिला राहत बितरण कार्यक्रम अन्तर्गत ५ जना एकल महिला नगद २ हजारले पुरस्कृत गरेको थियो । कार्यक्रममा संस्थाले ५ पिन्ट भन्दा बढी रक्तदान गर्ने संस्था जनता मावि, समृद्धि कृषि फार्म, नमस्ते बुद्ध इन्भेष्टमेन्ट कम्पनिलाई प्रशंसा पत्र प्रदान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगरपालिका उपप्रमुख यामुना विष्ट बास्तोलाले केही सहकारीहरुले नगरबासीमा ठगी गरिरहेको गुनासो आएकोले स्थानिय सरकारले त्यस्ता संस्थाहरुमाथि अनुगमन गर्ने बताए । कार्यक्रममा बोल्दै विष्टले एकल महिला तथा बृद्धबृद्धाहरुलाई सम्मान गरेकोमा संस्थाको उच्च मुल्याङ्कन गर्दै धन्यबाद ब्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष अमिर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संबिधानसभा सदस्य चण्डीप्रसाद राईको बिशेष आतिथ्यता रहेको थियो ।

सम्बन्धित खवर