पथरी । मोरङको पथरीशनिश्चरे नगर भित्र हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियानको शुक्रबार सातौ दिनसम्ममा ५४ हजार नगरवासीले औषधि सेवन गरेका छन् ।
हात्तीपाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अन्तर्गत शुक्रबार ६ हजार ७० जनाले औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताए । सातौ दिनसम्ममा नगरका १० वडाका ५४ हजार २ सय ५७ जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । जसमध्ये १० नम्बर वडामा रहेका भूटानी शरणार्थी शिविरका ३ सय २९ जनाले आज औषधि सेवन गरेका हो ।
शुक्रबार वडा नम्वर १ मा १ हजार ५३, २ मा ३ सय ७५, ३ मा ६ सय १८, ४ मा ५ सय ८१ र ५ मा ६ सय २६ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ६ मा ६ सय ५१, ७ मा ४ सय ४५, ८ मा ४ सय १७, ९ मा ५ सय ३४ र १० मा ४ सय ४१जनाले औषधि सेवन गरेको हो ।
अभियानको पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२, चौथो दिन ८ हजार ७ सय २२ र पाचौ दिन ६ हजार ६ सय १८ र छैटौं दिन ९ हजार २ सय ९९ जनाले औषधि सेवन गरेका थिए ।