मुख्यमन्त्री राईद्धारा प्रजातन्त्र दिवसको शुभकामना

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हो ।

मुख्यमन्त्री राईले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान वीर शहीदहरुलाई स्मरण गर्दै शहीदप्रति श्रद्धासुमन व्यक्त गरेका छन् । २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना गरी हामी यो दिवस मनाइरहेका छौं शुभकामना सन्देशमा भनिएको छ, । आजको दिन देशलाई लामो समयसम्म निरंकुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिन हो ।

आज हामीहरू संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवं राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण बिन्दुमा उभिएका छौं, सन्देशमा भनिएको छ ।

प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा हामीले अभूतपूर्व उपलब्धीहरु हासिल गरेका छौं, विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरु यतिबेला धमाधम संस्थागत हुँदैछन् । दुई बर्ष अगाडि गठन भएको प्रदेश सरकार हाम्रा वीर शहीदहरुले देखेको सपना साकार पार्न क्रियाशिल छ । अबको एजेण्डा विकास र समृद्धिको एजेण्डा रहेको मुख्यमन्त्री राईको भनाई छ । शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न समेत मुख्यमन्त्री राईले आह्वान गरेका थिए ।

सम्बन्धित खवर