रबिन्द्र बराल, चैत्र ६ गते, रंगेली । मोरङको रंगेली नगरपालिका –७ मा रहेका संसारी माईस्थान मन्दिरमा केही दिनका लागि पशु बलि बन्द गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को फैलिए संगै कोरोना भाइरसबाट बच्न मन्दिरले बन्द गरेको हो ।
उक्त मंन्दिरमा नेपाल तथा भारतका बिभिन्न ठाउँबाट भक्तजनहरु आउने गरेको छ । भारतमा समेत कोरोनाको संक्रमण देखिएकाले मन्दिरमा भिडभाड हुन नदिनका लागि मन्दिरमा बली रोक्नु परेको मंन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठले बताए ।
मन्दिरले विहिबार सार्वजनीक सूचना टास गर्दै अर्को सूचना नआए सम्मको लागी बलि बन्द हुने जनाएको छ । बिशेष गरेर प्रत्येक साताको मंंगलबार र शनिबार भक्तजनहरुको उल्लेख्य सहभागी भएर भाकल गर्नेहरुले बलि चडाउने गरेका छन् । दैनिक पुजापाठ भने नियमित हुने बताएका छन् ।