कानेपोखरीमा होम क्वाराइन्टाइन सुरु

चैत्र १२ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले विभिन्न देशबाट घर आएकाहरुलाई होम क्वाराइन्टाइनमा राख्ने व्यवस्था सुरु गरेको छ ।

बुधबार पालिकाको जनशक्ति दुई समूह बनाई प्रत्येक वडाको घरघरमा गएर अवस्था जाचबुझ गरी बैदेशिक रोजगार भारत, कतार, दुवै र साउदी लगाएत मुलुकबाट घर आएका व्यक्तिहरुको पहिचान गरी होम क्वारान्टाइनमा बस्ने वातावरण मिलाएको हो ।

तल्लो भेगका १, २, ३ र ४ नं. वडा वडाध्यक्ष सुशिल बुढाथोकीको संयोजकत्वमा ४ वटै वडाको सदस्य, राजनीतिक दल, रमाइलो प्रहरी चौकी र स्वास्थकर्मी लगाएतका टोलीले वडाहरु निगरानी गर्दै होम क्वाराइन्टाइनको व्यवस्था गरिदिने निर्णय भएको छ ।


त्यसैगरी माथिल्लो भेगका ५, ६ र ७ नं. वडाहरु वडाध्यक्ष चरण गुरुङको संयोजकत्वमा दईवडाध्यक्ष, कानेपोखरी प्रहरी चौकी, राजनीतिक दलका प्रतिनिधि र स्वास्थकर्मीको टोलीले तीनवडाको निगरानी गर्दै होम क्वाराइन्टाइनको व्यवस्था गर्ने व्यवस्था गाउँपालिकाले गरेको छ ।

सोही निर्णय अनुसार सुरुको दिन बुधबार माथिल्लो भेगमा पालिका अध्यक्ष ताराबहादुर काफ्ले सहितको टोलीले ५, ६ र ७ नं. वडाको घरघर गएर मास्क र पर्चा विचरण गर्दै विरामी पहिचान गरेका थिए ।

त्यसैगरी तल्लो भेगमा उपाध्यक्ष राजमती इङ्नाम सहितको टोलीले १ देखी ४ सम्मको जनताको घरघरमा गएर मास्क र पर्चा वितरण गर्दै कोराना भाइरस सम्बन्धि बताउँर्दै विरामीको पहिचान गरेका थिए ।

आज मात्र होइन गाउँपालिकाले ५ दिन अघिबाट बैदेशिक रोजगारबा घर आएकाहरुलाई पालिकाको निगरानीमा राखेका थिए । उनि अवस्था दैनिक स्वास्थ टोलीले चेकजाँच गर्ने गरेका छन् । कोरोना भाइरसको लक्षण देखिएमा तत्काल उपचारमा पठाईने गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।

टोलीले बैदेशीक रोजगारबाट घर आएकाहरुलाई घरको एक कोठामा छुट्टै बस्ने, टुवाइलेट एक्लै प्रयोग गर्ने, परिवारसँग टाढा रहने, खानपिन लगाएत १४ दिन सम्म एकलै बस्ने वाताबरण मिलाएको गाउँपालिकाका प्रवक्ता सुशिल बुढाथोकीले बताए ।

अहिले गाउँपाकिलामा १२ जना भन्दा वढी बैदेशिक रोजगारबाट गाउँपालिका भित्रीएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए । टोलीले संगसंगै माइकिङ् पनि गरेका छन् । उपाध्यक्ष इङ्नामले ऋषिदेव गाउँमा पुगेर हात धुने तरिका पनि सिकाएका थिए ।

सम्बन्धित खवर