पहिलो दिन १ सय २१ घरपरिवारलाई राहत वितरण

चैत १९ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले दैनिक ज्यालादारी गरिखाने १ सय २१ घरपरिवारलाई पहिलो दिन राहत वितरण गरेको छ ।

बुधबार गाउँपालिकाले वडा नं. ७, स्थित बरगाछिमा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नामले संयुक्तरुपमा राहत वितरण सुरु गरेका थिए । कार्यक्रममा वडाध्यक्ष मोहन प्रसाद अधिकारी, ६ नं. वडाध्यक्ष खड्ग बस्नेत, नेकपा पार्टी प्रतिनिधि भोला अधिकारी, नेकाबाट हिमप्रसाद तिम्सिना र प्रहरीको तर्फबाट असई सुमन श्रेष्ठको उपस्थितमा राहत वितरण गरेको थियो ।


बरगाच्छि चोकमा ६ घरलाई वितरण गरेपछि वडाध्यक्ष मोहन प्रसाद अधिकारीको नेतृत्वमा राहत घरघर पुर्याइएको थियो । गाउँपालिकाले ८० घरपरिवारलाई २० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ थान हात धुने साबुन राहतस्वरुप वितरण गरिएको थियो ।

राहत एक घरलाई १ हजार ५० रुपैया पर्न गएको छ । जनमुखी साकोसले २५ हजार र जनसम्र्पक साकोस, मातृभूमी कृषि सहकारी, दिगोपन सामाजीक उद्योम संस्थाहरुले १० हजारको दरले राहत वितरणको लागी आर्थिक सहयोग गर्ने भएपछि थप ४१ घरपरिवारलाई वडाकार्यालयले राहत वितरण गरेका थिए ।

विपन्न तथा दैनिक ज्यालादारीमा मजदुर गरेर खानेलाई एक परिवारमा १ जना र दुई जना मात्र भएको पहिचान गरी प्रत्येक परिवारलाई १० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ थान साबुन वितरण गरेको हो ।

सम्बन्धित खवर