चैत २० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी सार्वजनिक स्थानहरुमा कोरोना भाइरसमुक्त क्षेत्र बनाउन ब्लिचिङ औषधि छिट्ने काम सुरु भएको छ ।
विहिबार भाइरसबाट ‘डिसइक्फेक्टेड’ क्षेत्र बनाउन नगरबाट वडा नम्वर १ को पथरी वजार क्षेत्रबाट औषधि छिटन् थालिएको नगरपालिकाले जनाएको छ ।
जसमा नगरका समाजसेवी युवाहरु सुविन पराजुली, रोशन पराजुली, रविन कार्की, भेषराज मिश्र सहित औषधि छिट्ने काममा लागेका छन् ।