वडा नं. ४ द्धारा विपन्न तथा मजदुरलाई राहत वितरण

चैत २२ गते, कानेपोखरी । मोरङको कानेपोखरी ४ नम्बर वडाले दैनिक ज्यालादारी गरिखाने घरपरिवारको पहिचान गरी राहत वितरण गरेको छ । शनिबार वडा भरीको जम्मा १ सय ९ जना मजदुरको घरपरिवारलाई राहत वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नामको उपस्थीतमा राहत वितरण गरिएको हो । त्यसैगरी नेपाली कांग्रेसबाट योगेन्द्र दाहाल, नेपाल क्युनिष्ट पार्टीबाट भोला अधिकारी, मनोज राजवंशी लगाएत राहत वितरणमा सहभागीता रहेका थिए ।

सो खाद्यान सामाग्री वडाको जम्मा १४ वटा टोलमा वितरण गरिएको वडाध्यक्ष धनबहादुर राईले बताए ।

उनिहरुले १ घरपरिवार बराबर २० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ थान हात धुने साबुन गरी जम्मा १ हजार ५० रुपैया बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

सम्बन्धित खवर