बैशाख ४ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाबाट दुई दिन अघि कोरोना भाइरस संक्रमणको आशंकामा विराटनगर स्थित कोशी अञ्चल अस्पताल लगिएको ७२ बर्षिय भट्टराईको मृत्यु भएको छ ।
कानेपोखरी–२, स्थित बाँघेझोडाका लक्ष्मि प्रसाद भट्टराईको उपचारको क्रममा विहिबार दिउँसो मृत्यु भएको हो । भट्टराई कोरोना भाइरस वा के कारणले मृत्यु भएको हो भन्ने बारेमा जानकारी आइनसकेको कानेपोखरी गाउँपालिका स्वास्थ शाखाले जनाएको छ । वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीको फेसबुकवालमा मृत्युबारे पोष्ट भएको थियो ।
फेसबुक स्टाटसमा प्रश्नको उत्तर दिने क्रममा वडाध्यक्ष बुढाथोकीले निमोनियाको विरामीले मृत्यु भएको जनाएको छ । त्यसैगरी भट्टराईको स्वास्थ परीक्षणको रिपोर्टमा नेगेटिभ भएको पनि जानकारी दिएका छन् ।
मृर्तक भट्टराई घरमा एक्लै बस्दै आएका थिए । छोराहरु भारतको सिक्कममा बस्दै आएका छन् । उनलाई मंगलबार एम्बुलेन्स मार्फत विराटनगर स्थित कोशी अञ्चल अस्पतालको आइसोलेसनमा लगिएको थियो ।
डेढ हप्ता अघि मृर्तक भट्टराई घरमा भारतीय नागरीकको समूह आएर केही समय घरमै बसेको कारण आशंकामा स्थानीयहरुको पहलमा विराटनगर लगिएको थियो ।