व्रिटिस ट्रष्टद्धारा २५ प्रकारको राहत प्याकेज नगरका क्षयरोगीलाई वितरण

बैशाख ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रका उपचाररत २५ जना विपन्न क्षयरोगीलाई व्रिटिस नेपाल मेडिकल ट्रष्टले चामल, दाल सहितको २५ प्रकारको राहत प्याकेज वितरण गरेको छ ।

ट्रष्टका ज्ञानेन्द्र श्रेष्ठ, जिल्लाका क्षयक’ष्ठ अधिकृत म’ल’कचन्द्र राजवंशी सहितको टोलीले पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यमार्फत राहतको प्याकेज प्रदान गरेको हो ।

प्रति परिवार करीव ९ हजार पर्ने खाद्यान्न तथा स्वास्थ्य एवम् सरसफाईका सामग्री प्रदान भएको थियो । प्रति परिवार चामल २५ केजी, दाल ५ केजी, चिउरा ५ केजी, खानेतेल ५ लिटर सहितका सामग्री प्रदान भएको छ ।

ट्रष्टले जिल्लाका १७ वटै पालिकाका क्षयरोगी, कुष्ठरोगी, एचआइभी रोग प्रभावित विपन्न परिवारलाई यस प्रकारको राहत वितरणको कार्यक्रम राखेको छ ।

सम्बन्धित खवर