२७ औं मदन आश्रित स्मृति दिवसमा युवा संघद्धारा गरिब र असहायलाई सहयोग

जेठ ४ गते, पथरी । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको राष्ट्रिय युवासंघ मोरङले २७ औं मदन आश्रित स्मृति दिवस मनाएका छन् ।

संघ मोरङले साँझ ग्रामथान, मदन ग्राम र मदन भण्डारी स्मृति प्रतिष्ठानमा दीप प्रज्वलन गरि मदन आश्रित प्रति श्रद्धाञ्जली अर्पण गरेको थिए ।

मदन आश्रित स्मृति दिवस र पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएको दोश्रो वर्षगाँठको अवसरमा मोरङको विभिन्न स्थानीय संघको कमिटीले निम्न वर्ग र असहायहरुको घरपरिवारलाई विजुली बत्ती जडान गरेका छन् ।

संघले कानेपोखरी–२, को ऋषिदेवहरुको घरमा २० वटाको सोलार बत्ती जडान गरिदिएको छ । त्यस्तै पथरीशनिश्चरे नगरपालिका –४, मा एकल महिला पोलिदेवी पासवान, वडा नं.–७, का आश वहादुर लिम्बु, वडा नं.–८, की दिलकुमारी राई, कटहरी गाउँपालिका– १, का दृष्टिविहिन मानो राजवंशीको घरमा विजुली वत्ती जडान गरी वाल्नुका साथै त्रिपाल र खाद्यान्न समेत प्रदान गरेका थिए ।

त्यसरी केरावारी – ३, का नीरवहादुर राई, वेलवारी– ८ का चन्द्रवहादुर धिमाल, मिक्लाजुङ –४ का चक्रवहादुर राई र वडा नं.–७ का खड्गसिंह लिम्बु, रतुवामाई नगरपालिका–७ का सरकार स्वरेन(सतार), रत्न वहादुर कार्की, गीता फुयाल, कर्ण वहादुर वानिया(कान्छा), लगायतका १३ घर परिवारमा विद्युत जडान गरिएको छ ।

दिप प्रज्वलन गर्र्दै संघका केन्द्रीय युवा नेता रविन थापाले जनताको सेवामा नै हाम्रो प्रमुख लक्ष्य भएकाले पार्टी एकिकरणले यसलाई अझ शसक्त वनाएको वताए ।

त्यस्तै संघका जिल्ला अध्यक्ष नविन पौडयालले पार्टी एकिकरणको दोश्रो वर्षगाँठलाई जनताको जीवनमा उज्यालो छर्दै जननेता मदन भण्डारीले भने जस्तै सिद्धान्तका निम्ति जीवन हैन जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्ने दृष्टिकोणलाई संगठनले आफ्नो मार्गदर्शक वनाएउँर्दै गएको बताए ।


बत्ती र क्यान्डलको भरमा रातदिन विताउनेहरुलाई विजुली वत्ती जडान गर्दै बत्ती र क्यान्डललाई विदा गरिएकोमा आफुहरुलाई समेत खुशी भएको केरावारी गाउँपालिकाका युवानेता सुमन मिरिचिङ्गले वताए ।

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष नेकपाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खवर