जेठ ५ गते, पथरी । मोरङ क्षेत्र नं ३ बाट सांसद बनेका स्वास्थ तथा जनसंख्या मन्त्रि भानुभक्त ढकालले आर्थिक बर्ष २०७६÷०७७ मा सम्पन्न हुने गरी कानेपोखरी गाउँपालिकामा १ करोड २० लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले सो बराबरका बजेटलाई वडा नं. ५ को जहदा हुर्दै भौसाबारी जोड्ने २ मिलोमिटर सडकलाई कालोपत्रे गर्न ८० लाख छुट्याएको छ । त्यसैगरी वडा नं. ६ को आर्दश टोल, मेलचौक हुँदै उत्तर जाने बाटो कालोपत्रेको लागी २० लाख छुट्याएको छ ।
त्यसैगरी वडा नं. ४ को प्रगती टोल देखि नारायण चोक हुर्दै मिलन चोक सडक स्तरउन्नतीलाई १० लाख, र वडा नं. ६ कै देउराली डाँडा देखि गुरुङटोल जानेबाटो स्तरोन्नती १० लाख गरी सो बराबरको बजेट वितरण गरिएको छ ।
यस जेठमा सबै योजना सकिन गरी अहिले काम भैरहेको गाउँपाकिलाले जनाएको छ । जस अन्तरगत वडा नं.–४, स्थित प्रगती चोक, नारायण चोक हुँदै मिलन चोक जोड्ने सडक निर्माण सुरु भएको छ । वडा नं. ४, का वडाध्यक्ष धनबहादुर राई, वडासदस्य रोषन लामिछाने गुरुङ र शिव दुलालको उपस्थितमा सडक निर्माण औपचारीक रुपमा सुरु गरिएको थियो । सो बाटोका ९ सय ९५ मिटर लम्बाई र १३ फुट चौडा ग्राभेल गर्ने स्टिमेट रहेको छ ।