असार १० गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका –६, स्थित जनसेवाको क्वारेन्टाइनबाट फेरी २५ जना घर फर्किएका छन् । २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरु क्वारेन्टाइनबाट घर फर्किएका हुन ।
मंगलबार गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम र क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष खड्ग बस्नेतले उनिहरुलाई विदाई गरेको हो ।
उनिहरु ७ दिन देखि १४ दिन सम्म बसेर क्वारेन्टाइनबाट विदा भएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए । विदाई कार्यक्रममा स्वास्थ संयोजक राजभण्डारीले घर गएपछि केही दिन घरमै बस्ने, हाटबजार ननिस्कने र केही समस्या भए तत्काल फोन गर्नुपर्ने बताएका थिए ।
जनसेवाको क्वारेन्टाइनमा जम्मा १ सय जना बसेका थिए । जसमध्ये ६० जना तीन पटक गरेर घर फर्कि सकेका छन् । अहिले भारत भन्दा पनि तेस्रो मुलुकबाट आउनेको संख्या बढेको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष खड्ग बस्नेतले