साउन ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे–१, स्थित सुनाखरी चोकमा रहेको सुनाखरी माध्यमिक विद्यालयमा नगरपालिकाको आर्थिक सहयोगमा ई–लाइबे्ररी सेवा सुरु भएको छ ।
शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले ई–लाइबेरी सहितको लाइबे्ररी शुक्रबार सुरु भएको हो । कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य चण्डीप्रसाद राई, विशेष अतिथि मेयर दिलिपकुमार राई र प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको सल्लाहकार राम कुमार बस्नेतले ई–लाइबे्ररी सेवा उद्धघाटन गरेका थिए ।
विद्यालयमा ६ वटा डेस्टप कम्प्युटरमा ईन्टरनेट जोडेर ई–लाइब्रेरी र कक्षा १० सम्मको पाठ्य सामाग्री रहेको विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष प्रदिपकुमार राईले बताए । विद्यालय बाहेक अर्थशास्त्र, विज्ञान, राजनीति, साहित्य, कृषि लगायतको करिव सात सय पुस्तकहरु रहेको छ ।