दमकमा औषधि व्यवसायी सहित १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६ पुग्यो

भदौ ६ गते, दमक । झापाको दमकबजारमा एक जना औषधि व्यवसायी सहित १६ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा लिएको स्वाब परीक्षणमा शनिबार थप १६ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएकामा एक जना दमकका औषधि व्यवसायी रहेका छन् । उनमा संक्रमण देखिएपछि पसल सिल गरिएको छ ।

त्यसैगरी ८ जना जनपथ प्रहरीमा पनि संक्रमण देखिएको छ । बिराटनगरबाट सरुवा भएर आएका उनिहरु दाहाल प्रतिष्ठानको क्वारेन्टाईनमा रहेका थिए ।

त्यसैगी आज संक्रमण देखिएकामा विद्यूत प्राधिकरणका ६ जना कर्मचारी पनि रहेका छन् । यस अघि सोहि कार्यालयका ५ जनामा संक्रमण देखिएको थियो ।

उनिहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा थप ६ जनामा संक्रमण देखिएको बताईएको छ । अर्का एक जना समुदायका व्यक्तिमा पनि संक्रमण देखिएको छ । यो सँगै दमकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ पुगेको छ । दमकमा समुदायमा पनि कोरोना संक्रमितहरू फेला पर्न थालेका छन् ।

सम्बन्धित खवर