संङ्क्रमितको कन्टयाक ट्रेसिङ्गमा परेका १६ जनाको पीसिआर रिपोर्ट नेगेटिभ

भदौ ८ गते, बयरवन । गत साउन ३० गते कोरोना भाइरस पृष्टी भएका मोरङ कानेपोखरी–३ को एकजना पुरुषको कन्टयाक ट्रेसिङ्गमा परेका १६ जनाको पीसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

गत विहिबार संङ्क्रमित पुरुषको परिवार र छिमेकीको स्वाब संकलन गरी पीसिआर परीक्षणको लागि विराटनगर पठाएको थियो । आज ४ दिन पछि १६ जनाकै पीसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रमा कार्यरत सो पुरुषलाई साउन ३० गते शुक्रबार कोरोना संङ्क्रमण देखा परेको थियो । कोरोना पृष्टी भएपछि वडाकार्यालयले वडा सिल गरेको थियो । संङ्क्रमित युवालाई रंगेली नगरपालिकाको आइसोलेशन वार्डमा राखिएको छ ।

त्यसैगरी वडा नं. ४ स्थित बयरवन बजारमा पनि भदौ ३ गते बुधबार ८५ बर्षीय एक बृद्धमा कोरोना पोजेटिभ पृष्टी भएको थियो । वडा नं. ४ पनि कोरोना पोजेटिभ देखिएपछि वडाकार्यालयले अनिश्चितकालिन वडाशिल गरेको छ ।

कोरोना संङ्क्रमित बृद्धको कन्ट्याक ट्रेसिङ्गमा परेका छिमेकीहरुको पनि आज आएको १६ जनाको रिपोर्ट भित्रै नेगेटिभ आएको स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए । कोरोना संङ्क्रमित बृद्ध अहिले आफ्नै घरमा होम आइसोलेशनमा बसेका छन् ।

सम्बन्धित खवर