सांङ्केतीक तस्विर
भदौ ९ गते, रमाइलो । मोरङ कानेपोखरीको रातेखोलामा कानेपोखरी –४ का ५५ बर्षीय बाबुराम पराजुली मृत अवस्थामा भेटिएका छन् ।
सोमबार दिउँसो वडा नं. ४ र ५ को सिमाना पर्ने वयरवन बजारदेखि माथी निगुरो खोज्न हिडेका पराजुली रातेखोलाको दहमा डुबेरको अवस्थामा मृत भेटिएको हो ।
स्थानियले दहमा डुबेर मृत्यु भएको देखेपछि पथरी प्रहरीलाई खबर गरेको थिए । स्थानीयको भनाइलाई आधार मान्दा घटना शंकास्पद पनि हुन सक्ने भएकाले अनुसन्धान सुरु गरेको इप्रका पथरीका डीएसपी दिलिपकुमार गिरीले बताए ।
प्रहरी घटनास्थलमा पुग्दा स्थानीय बासिन्दाले शव बाहिर निकालिसकेका थिए । स्थानीय बासिन्दाले दहमा टाउको पट्टीको भाग डुबेको र खुट्टा पानीभन्दा बाहिरै रहेको अवस्थामा शव भेटिएको जानकारी प्रहरीलाई दिएका थिए । प्रहरीले शव पोस्टमार्टमका लागि सोमबार नै मंगलबारे अस्पताल पठाएको छ ।