कानेपोखरीमा ३ सय २६ जनाको पीसिआर परीक्षण, १ जना मात्र पोजेटिभ

भदौ १२ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा आज सम्म ३ सय २६ जनाले पीसिआर परीक्षण गराई सकेका छन् ।

कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न गाउँपालिकाले स्थापना गरेको जनसेवा क्वारेन्टाइनबाट २सय ८० जना र बाँकी क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मी र कन्टयाक ट्रेसिङ्गका ४६ जना गरी जम्मा सो बराबरले पीसिआर परीक्षण गरेको हो ।

जनसेवा क्वारेन्टाइनबाट परीक्षण गरेका २ सय ८० जना बैदेशिक रोजगारमा विभिन्न देश गएर घर फर्किएकाहरु हुन । साउँदी, मलेसिया, कतार, दुवै, जापन, कोरिया, अमेरीका, युके, कुवेत, भारत, अफगानिस्थान र इजराइल लगाएतका देशबाट घर आएका थिए । ती सवै जना १४ दिन देखि १८ दिन सम्म क्वारेन्टाइनमा बसेका थिए ।

जम्मा ३३६ जना पीसिआर परीक्षणमा जम्मा १ जना युवालाई मात्र कोरोना पोजेटिभ देखिएको थियो । बाँकी सवै नेगेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएको युवा एक हप्ता पछि कोरोना जितेर गोठगाउँको आइसोलेसनबाट घर फर्किएको स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए । अन्य कोरोना पोजेटिभ देखिएका कानेपोखरीका ४ जना व्यक्तिहरु अन्तै परीक्षण गराएका थिए ।

आज शुक्रबार भारतबाट घर आएका ९ जना पीसिआर रिपोर्ट नेगेटिभ आएपछि जनसेवाको क्वारेन्टाइनबाट घर फर्किएका छन् । उनिहरुलाई जनसेवा क्वारेन्टाइनका संयोजक तथा वडाध्यक्ष खड्ग बस्नेत, स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारी, स्थानीय नेताहरु नविन पौडेल, अशोक फुयल र राजेश गौतम लगाएतले विदाई गरेका थिए । अव क्वारेन्टाइनमा जम्मा ४ जना मात्र रहेको स्वास्थ्य संयोजक राजभण्डारीले बताए ।

 

सम्बन्धित खवर